Connect IPS
IME Life

सेन्ट्रल फाइनान्सको साधारण सभा आज, के के छन् प्रस्ताव ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आज हुँदैछ । फाइनान्सको पुस २८ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार फाइनान्सको २४औं वार्षिक साधारण सभा आज माघ फाइनान्सको कर्पोरेट भवन, कुपण्डोल, ललितपुरमा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

Prabhu
Crest

साथै, सभामा फाइनान्सको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू रहेका छन् ।

फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १२ गतेदेखि माघ २३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS