काठमाडौं । आज शेयर बजार नेप्से ८ दशमलव ३४ अंकले बढेर २,४७५ दशमलव २६ को विन्दुमा कायम भएको छ ।आज २ सय १ कम्पनीको १ करोड ८७ लाख १९ हजार ४ सय ८९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६१ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको २७ करोडमाथिको शेयर कारोबार भएको छ । त्यस्तै, डिप्रोक्स लघुवित्तको २४ करोडमाथिको शेयर कारोबार भएको छ । ग्लोबल आईएमई बैंकको २० करोडमाथिको शेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १९ करोडमाथिको शेयर कारोबार भचएको छ ।
त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्तको १८ करोडमाथिको कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्स, नेपाल टेलिकम, र अरुण कावेली पावरको १६ करोडमाथिको शेयर कारोबार भएको छ ।