काठमाडौँ । एनआईसी एशिया बैंक कोष प्रबर्द्धक रहेको एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको इकाई इकाईधनीको हितग्राही खातामा जम्मा गरिएको छ ।
यस योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले मंसिर १२ गते, शुक्रबारबाट मंसिर १६ गते, मंगलबारसम्म डाइनामिक डेब्ट फण्डको नाममा प्रति इकाई १० रुपैयाँका दरले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्री खुल्ला गरेको थियो । जसमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रबर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी ४ करोड २५ लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुलाई १ करोड २५ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
उक्त इकाईमा ७९ हजार ५ सय १४ जना आवेदकहरुबाट ५ करोड ६० लाख १६ हजार ५ सय ७० कित्ता इकाईका लागि आवेदन परेको थियो ।जसमध्ये एक सय इकाईदेखि ५ लाख इकाईसम्म माग गर्ने आवेदकहरुलाई माग गरे बमोजिम इकाई वितरण गरिएको थियो ।