बुटवल। सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीको आयोजनामा प्रदेश ५ मा सात दिने शेयर कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले बुटवल, गुल्मीमा गरेर ७ दिन शेयर तालिम आयोजना गरेको छ ।
बुटवलमा माघ १० गते एशियन पार्टी प्यालेशमा नवप्रवेशीलाई शेयर तालिम आयोजना भएको थियो भने गुल्मीमा रेसुङ्गा बहुमुखी कलेजमा स्नातक तहका विद्यार्थी र सिद्धबाबा मा.वि.मा १२ क्लासका विद्यार्थीलाई शेयर बजार सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै गुल्मीमा सौर्याइन होटलमा माघ १३ गते एक दिने शेयर तालिम आयोजना भएको थियो ।
माघ १६ गते रोटरी क्लब अफ बुटवल डाउनटाउनको आयोजना र सफल नेपालको प्राविधिक सहयोगमा शेयर तालिम सम्पन्न भएको थियो । माघ १८ गते लुम्बीनीमा एक दिने शेयर तालिम सम्पन्न भएकोमा अन्त्यमा लायन्स क्लंब अफ बुटवल सिटी र सफल नेपालको संयुक्त आयोजनामा बुटवलमा शेयर तालिम सम्पन्न भएको थियो ।
सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीले विभिन्न समयमा शेयर तालिम, अन्तरक्रिया, गोष्ठी आयोजना गर्दै आएको छ । इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष कमल तिवारीले बेला बेलामा हुने यस्ता कार्यक्रमले शेयर बजार विकास र विस्तारमा निकै सहयोग पुग्ने छ र कम्पनीले आगामी दिनमा पनि यस्ता प्रकारका शेयरहरु तालिमहरु आयोजना हुने छ। कार्यक्रम संयोजक गोपी राज भुषालका अनुसार चैत्र महिनामा बुटवलमा एक दिने अन्तरक्रिया कार्यक्रम आयोजान हुने छ ।