Connect IPS
IME Life

कामना सेवा विकास बैंकको ऋणपत्र विक्री खुला, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आजबाट एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ ।

बैंकले १० वर्ष अवधिको लागि ‘१० वर्ष, ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ नाम गरेको ऋणपत्र निष्काशन गर्न कार्तिक ३ गते सोमबार निवेदन पेश गरेकोमा बोर्डले बैंकलाई माघ २ गते, शुक्रबार ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो ।

Prabhu
Crest

उक्त ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

माघ २२ गते बिहीबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा माघ २६ गतेसम्म र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने छ ।

9_Page feb 4.indd

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS