काठमाडौं । आज नेप्से परिसुचक ६ दशमलव ८१ अंकले घटेर २,४६६९२ को विन्दुमा कायम भएको छ । आज २ सय २ कम्पनीको २ करोड ६ लाख ७७ हजार ५ सय १ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ५३ करोड १७ लाख माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ग्लोबल आईमई बैंकको ५६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको ३२ करोडमाथि, अरुण कावेली पावर कम्पनी र नेपाल टेलिकमको ३० करोडमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल बैंकको २७ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २१ करोडमाथिको कारोबार भएको छ । शिखर इन्स्योरेन्सको १९ करोडमाथिको शेयर कारोबार भएको छ ।