काठमाडौं । आज नेप्से परिसुचक ६ दशमलव ८१ अंकले घटेर २,४६६९२ को विन्दुमा कायम भएको छ । आज २ सय २ कम्पनीको २ करोड ६ लाख ७७ हजार ५ सय १ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ५३ करोड १७ लाख माथिको शेयर कारोबार भएको छ ।
आज बैंकिङ, माइक्रोफाइनान्स, हाइड्रोपावर र म्युचअल फण्ड बाहेकका सबै उपसूचक घटेका छन् । आज सबैभन्दा धेरै ट्रेडिङ उपूचक २ प्रतिशतभन्दा बढीले घटेको छ । आज सबैभन्दा धेरै ग्लोबल आईमई बैंकको ५६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको ३२ करोडमाथि, अरुण कावेली पावर कम्पनी र नेपाल टेलिकमको ३० करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तका लगानीकर्ताले १० प्रतिशतभन्दा बढीका दरले कमाएका छन् भने आज सबैभन्दा धेरै पोखरा फाइनान्सका लगानीकर्ताले ८ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।