काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले खुद नफामा आकर्षक वृद्धि गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा संस्थाले २ करोड ७५ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा ९१७.१७ प्रतिशतले बढी हो । गत वर्ष सोही लघुवित्तले २७ लाख ९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
हाल संस्थाको चुक्त पुँजी २५ करोड २३ लाख ३० हजार रुपैयाँ छ । जगेडा कोषमा १७ करोड ४३ लाख ५२ हजार रुपैयाँ संचिती रहेको छ ।
संस्थाले यस अवधिसम्ममा खुद ब्याज आम्दानी ५९.६१ प्रतिशतले वृद्धि गरी १३ करोड ३ लाख ३७ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा ९५ लाख ७५ हजार रुपैयाँ कायम भएको छ ।
संस्थाको खराब बर्जा ३.०१ प्रतिशतबाट बढेर ४.६६ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा छ ।