काठमाडौं। सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट १०.५० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। शनिवार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी १८ करोड ६४ लाख रुपैयाँको १०.५० प्रतिशत अर्थात एक करोड ९५ लाख रुपैयाँ बोनस शेयर दिने घोषणा गरेको हो। बोनस शेयर वितरण पछि संस्थाको चुक्ता पुँजी २० करोड ५९ लाख रुपैयाँ पुग्नेछ।
कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांसको पनि प्रस्ताव गरेको छ। कर प्रयोजन सहित जम्मा ११.०५ प्रतिशत लाभांस दिने छ। संस्थाले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि साधारणसभामा पेश गर्ने छ।