Connect IPS
IME Life

ज्योति लाइफको नाफा ५६.५६ प्रतिशतले बढ्यो, ६ महिनामा एक अर्ब ४४ करोड रुपैयाँको बीमा शुल्क आर्जन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा १० करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ। गत आर्थिक वर्षको यहि अवधिको तुलनामा कम्पनीले ५६.५६ प्रतिशतले नाफा बढाएको हो। गत वर्षको यहि अवधिमा ६ करोड ८९ लाख रुपैयाँ नाफा गरेको थियो।

बीमा शुल्क आर्जन ९२ प्रतिशतले बढेको छ। दोस्रो त्रैमाशिक अवधिमा कम्पनीले एक अर्ब ४४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा ७५ करोड १३ लाख रुपैयाँ थियो।

Prabhu
Crest

कम्पनीले बीमा पोलिसी धितोमा राखेर कर्जा प्रदान गर्नुका साथै अन्य विभिन्न क्षेत्रमा लगानी गरेर ११ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ। यस्तो आम्दानी गत वर्षको भन्दा ९३ प्रतिशतले बढेको हो। नाफामा सुधार सँगै कम्पनीको जगेडा कोष थप ४४ प्रतिशतले बढेर ४८ करोड २४ लाख रुपैयाँ पुगेको छ।

कम्पनीले यस वर्ष पोलिसी संख्या ७६ प्रतिशतले बढाएको छ। कम्पनीले १६ हजार ६८६ वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको छ। यस वर्ष कम्पनीले १५ करोड १७ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ। गत वर्षको यहि अवधिमा १८ लाख तीन हजार रुपैयाँको दाबी भुक्तानी गरेको थियो। यस वर्ष दाबी भुक्तानी ८ गुणाले बढेको छ। नाफामा सुधार सँगै कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँले बढेर १४ रुपैयाँ पुगेको छ।

कम्पनीको दोस्रो त्रैमाशिक वित्तीय विवरण 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS