Connect IPS
IME Life

नेपाल इन्फ्राष्ट्रक्चरको आइपिओ बाँडफाँड, सबैले पाए ५० कित्ता : ४ लाख ९२ हजारलाई थप १० कित्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। नेपाल इन्फ्राष्ट्रक्चर बैंकको प्राथमिक शेयर शुक्रवार बाँडफाँड भएको छ। ५० कित्तासम्मको आवेदन दिने सबैले  शेयर प्राप्त गरेका छन्। ५० कित्ता भन्दा धेरैको लागि आवेदन दिने मध्ये ४ लाख ९२ हजार ७२ जनाले थप १० कित्ता प्राप्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ। सर्वसाधारणले अधिकतम ६० कित्तासम्म शेयर प्राप्त गरेका हुन्।

क्यापिटलका अनुसार १० कित्ताको लागि मात्रै आवेदन दिने ३४ हजार ३० जना, २० कित्ताको लागि मात्रै आवेदन दिने २९ हजार ८५४ जना, ३० कित्ताको लागि मात्रै आवदेन दिने २० हजार २४८ जना, ४० कित्ताको लागि मात्रै आवदेन दिने १६ हजार ९३४ जना थिए। उनिहरु सबैले माग बराबरकै शेयर प्राप्त गरेका हुन्।

Prabhu
Crest

बैंकले सर्वसाधारण समुह तर्फको ८ करोड कित्ता प्राथमिक शेयर मध्ये कर्मचारीले एक लाख ६० हजार कित्ता र म्युचुअल फण्डहरुले ४० लाख कित्ता खरिद गरेका छन्। बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गरिएको छ।

बैंकले माघ २ गतेदेखि ६ गतेसम्म सार्वजनिक निष्काशन गरेको थियो। प्राथमिक शेयरमा १४ लाख ८१ हजारले आवदेन दिएका थिए। जस मध्ये ६ हजार २७५ जनाको आवेदन अयोग्य भएको छ। योग्य आवेदक १४ लाख ७५ हजार ८ जनाले नै शेयर प्राप्त गरेका छन्। बैंकको प्राथमिक शेयरमा माग भन्दा २.२१ गुणा बढि आवेदन परेको थियो। नेपालको इतिहासमै यो सबैभन्दा ठुलो आइपिओ हो।

पुर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले यो बैंकको स्थापना भएको हो। नेपाल सरकार तथा ठुला व्यवसायीहरुको प्रमुख लगानी भएको यस बैंककमा सर्वसाधारणको पनि ८ अर्ब रुपैयाँ लगानी थपिएको छ। प्राथमिक शेयर निष्काशन पछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुगेको छ। जसमा संस्थापक तर्फ १२ अर्ब रुपैयाँ रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS