काठमाडौं । नेप्से १६ दशमलव ५५ अंकले घटेर २४२५ दशमलव २९ को विन्दुमा कायम भएको छ ।निर्जिवन बीमा, उत्पादमूलक क्षेत्र र माईक्रोफाइनान्स बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।
दिनभरिमा २ सय ९ सय वटा कम्पनीको २ करोड २१ लाख ५३ हजार ९ सय ८१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
नेपाल लाइफको ५६ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको ३१ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सामुदायिक लघुवित्त, सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने स्पोर्ट माईक्रोफाइनान्सका लगानीकर्ताले ९ दशमलव ९८ का दरले कमाएका छन् ।
सिद्धार्थ इक्विटी फन्डका इकाईधनीले ६ दशमलव ७८ प्रतिशतका दरले गुमाएका छन् भने हिमालयन पावर पार्टनर ६ दशमलव २९ प्रतिशतले दरले गुमाएका छन् ।