काठमाडौं । सिद्धार्थ बैंकको नाफा १० दशमलव ५० प्रतिशतले घटेर चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९१ करोड ८७ लाख ४० हजार रुपैयाँमा सीमित भएको छ ।
गत आ.वको सोहि अवधिमा बैंकले १ अर्ब २ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र संचालन नाफा दुवैमा गिरावट आएसँगै नाफामा समेत गिरावट आएको छ । यस अवधिसम्ममा बैंकको वितरणयोग्य नाफा १३ करोड ६९ लाख ३७ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।
त्यस्तै, बैंकको चुक्ता पुँजी यथावत रहेको छ भने रिजर्भ कोषमा ४८ दशमलव ८९ प्रतिशतले वृद्धि भएको छ । पुस मसान्तम्ममा बैंकको रिजर्भ कोषको रकम ७ अर्ब ४१ करोड ८ लाख ९९ हजार रहेको छ।
बैंकको प्रतिशेयर नेटवर्थ पनि ३६ रुपैयाँ ४८ पैसाले बढेर १८७ रुपैयाँ २० पैसा पुगेको छ भने प्रतिशेयर आम्दानी २ रुपैयाँ २१ पैसाले घटेको छ ।