काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले माघ ९ गते, शुक्रबारदेखि निष्कासन तथा बिक्री खुला गरेको सानिमा लार्ज क्याप फन्ड नामक सामुहिक लगानी कोषमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन खुला गरेको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सानिमा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गरेको हो । यो सात वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।
बुधबार बेलुका ५ बजेसम्ममा ६९ हजार ७ सय ४५ जना आवेदकले ९७ करोड ५० लाख ४२ हजार २ सय रूपैयाँ बराबरको ९ करोड ७५ लाख ४ हजार २ सय २० इकाईका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।
उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन सकिनेछ ।
उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।