Connect IPS
IME Life

हिमालयन बैंकको नाफामा भारी गिरावट, अन्य वित्तीय सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा खुद नाफा गत आर्थिक वर्षको तुलनामा ६२ दशमलव ५० प्रतिशतले कमी आएको हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ७४ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ६५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

बैंकको खुद ब्याज आम्दानी २ अर्ब ५७ करोड रुपैयाँबाट घटेर १ अर्ब ७५ करोड रुपैयाँमा झरेको छ। त्यसैगरी, अन्य सञ्चालन आम्दानी ७ करोड ७२ लाख रुपैयाँबाट घटेर १ करोड ९३ लाख रुपैयाँ झरेको छ। जसले गर्दा बैंकको सञ्चालन नाफा पनि घटेर ९८ करोडमा झरेको छ। गत वर्ष यस्तो नाफा २ अर्ब ११ करोड थियो।

Prabhu
Crest

चुक्ता पूँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ९८ करोड रुपैयाँ संचिती रहेको छ।

बैंकको निक्षेप संकलन १ खर्ब २५ अर्ब रुपैयाँबाट बढेर १ खर्ब २९ अर्ब रुपैयाँमा पुगेको छ । कर्जा लगानी १ खर्ब १ अर्ब रुपैयाँबाट १ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ।

गत वर्षको दोस्रो त्रैमासमा १।२८ प्रतिशत रहेको बैंको खराब कर्जा बढेर २ दशमलव १३ प्रतिशत पुगेको छ। बैंकको आधार दर ८.९२ प्रतिशतबाट घटेर ६.८३ प्रतिशतमा झरेको ।

बैंकको प्रतिशेयर आम्दानी पनि ४० रुपैयाँ ९० पैसाबाट घटेर १२ रुपैयाँ २३ पैसामा झरेको छ। उसको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ५५ पैसा रहेको छ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS