काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले ४० प्रतिशत साधारण शेयर (आईपीओ) निष्काशन गर्ने अनुमति पाएको छ ।नेपाल धितोपत्र बोर्ड (सोबेन) ले माघ १० गते संस्थालाई अंकित मूल्य १०० को ४ लाख कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो ।
बोर्डले दिएको स्वीकृति अनुसार संस्थाले ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर ३ गते, सेबोनमा निवेदन पेश गरेको थियो ।
कम्पनीको शेयर निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ ।