काठमाडौं । नेप्से १८ दशमलव ७६ अंकले घटेर २४४१ दशमलव ८५ को विन्दुमा कायम भएको छ । ट्रेडिङ, निर्जिवन बीमा, माईक्रोफाइनान्स, जीवन बीमा र म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको राताम्मे भएको छ।
दिनभरिमा २ सय ८ सय वटा कम्पनीको १ करोड ५२ लाख ८९ हजार २ सय ५९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
नेपाल लाइफको ९३ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, प्राइम कर्मसीयल बैंकको ३७ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सर्वाधिक कारोबार भएको नेपाल लाइफका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् भने आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९८ का दरले कमाएका छन् ।
पोखरा फाइनान्सका लगानीकर्ताले ७ दशमलव ०५ प्रतिशतका दरले गुमाएका छन् भने सिटिजन म्युचुअल फन्ड–२ का इकाईधनीले ४ दशमलव ७२ प्रतिशतले दरले गुमाएका छन् ।