काठमाडौं । नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । सिटिजन्स बैंक लिमिटेड, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस शेयर सूचिकृत भएको हो ।
सिटिजन्स बैंक लिमिटेडको ७२ लाख ७१ हजार ८ सय ५३ दशमलव ८३१८ कित्ता बोनस शेयर सूचिकृत भएको हो । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख ६० हजार ७ सय ४ दशमलव ५४ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ३ लाख ८४ हजार ४ सय ८८ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।