काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । जसका लागि कम्पनीले गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर ९आइपिओ० निष्कासन तथा बिक्री खुला गर्नका लागि माघ ८ गते, बिहीबार सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि आइपिओ निष्काशन गर्न लागेको हो ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।