काठमाडौं । नेप्से १६ दशमलव ०४ अंकले बढेर २४४० दशमलव ८७ को विन्दुमा कायम भएको छ । १ करोड ९२ लाख ८५ हजार ५ सय ४ कित्ता शेयर किनबेच हुँदा ८अर्ब ९० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
नागरिक लगानी कोषका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने गुराँस लघुवित्तका वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९५ का दरले कमाएका छन् ।
त्यस्तै, आज प्रभु लाइफ इन्स्योरेन्स कम्पनी, माउन्टेन हाइड्रोपावर, नेशनल हाइड्रोपावर कम्पनी, हिमालयन पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, गुर्खाज फाइनान्स, नेपाल बैंक, नेपाल पुनर्बीमा लगायतका लगानीकर्ताले कमाएका छन् ।