IME Life
GBIME

सामुदायिक लघुवित्तको साधारण सभा फागुन ५ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको माघ ८ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको सातौँ वार्षिक साधारण सभा फागुन ५ गते हुने भएको हो । उक्त सभा लहरीखर्क रिसोर्ट, साँगा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।

संस्थाले चालु आर्थिक वर्ष २०७६/७७ मा शेयरधनीहरूका लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

Crest

सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू रहेका छन् ।

संस्थाले साधारण सभा प्रयोजनका लागि माघ २५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ २४ गतेसम्म नेप्सेमा कारोबार भएर कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

11 page.indd

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS