काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउँदै बिना चेकबुक मोबाईल बैंकिङ्गमार्फत शाखामा उपलब्ध क्युआरलाई स्कान गरि पैसा झिक्न मिल्ने “स्मार्ट टेलर”को सुरूवात गरेको छ ।
हाललाई यस सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध छ तर बैंकले चाडै नै आफ्नो सम्पूर्ण शाखा कार्यालयहरूबाट यो सुविधा उपलब्ध गराउने जनाएको छ ।
डिजिटल बैकिङ्गलाई प्राथमिकताका साथ आत्मसाथ गर्दै ग्राहकहरूमा थप सुविधायुक्त ग्राहकमैत्री प्रविधिहरू भित्राउन गरिमा विकास बैंक सधै तत्पर रहने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताएका छन् ।