काठमाडौं । हिमालयन बैंकले इस्टर्न एजेन्सी प्रा लिका ग्राहकहरुलाई सवारी साधन खरिदका लागि सहुलियत दरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । बैंक र उक्त कम्पनीबिच यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र इस्टर्न एजेन्सीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले हस्ताक्षर गरे ।