काठमाडौँ । आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । संस्थाको पुस २४ गते सम्पन्न भएको सातौँ वार्षिक साधारण सभाले पारित गरेको ३ दशमलव ६३ प्रतिशत (करसहित) नगद लाभांश बुकक्लोज हुँदासम्म अर्थात् पुस ९ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको सम्बन्धित बैंक खातामा नै जम्मा गरिएको संस्थाले जनाएको छ ।
संस्थाले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरूलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।
आफ्नो शेयर धितो राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । संस्थाको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।