IME Life
GBIME

आजसम्म शेयर किन्नेले गरिमा विकास बैंकको लाभांश पाउने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि माघ १२ गतेदेखि माघ ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको पुस २९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १४औं वार्षिक साधारण सभा माघ ३० गते, शुक्रबार, होटल पोखरा ग्रान्ड, पोखरामा बिहान १०:३० बजेबाट सुरू हुने जनाएको छ ।

Crest

सभामा बैंकको पुस १० गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ दशमलव ५० प्रतिशत बोनस शेयर र ० दशमलव ७१ प्रतिशत नगद (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू रहेका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS