काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सानिमा लार्ज क्याप फण्ड’ इकाईको आजबाट सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला भएको छ । सानिमा म्युचुअल फण्डले आज माघ ९ गतेदेखि खुल्ला गर्ने १० रुपैयाँ दरको १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई कुनैपनि संघ संस्था तथा सर्वसाधारणहरुको लागि निष्काशन तथा विक्री खुल्ला गरेको जनाएको छ ।
फण्डले १५ प्रतिशत (१ करोड ५० लाख) इकाई कोष प्रवद्र्धक सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित राखेको छ ।
उक्त इकाईमा माघ १३ गतेसम्म नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणाली र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाईन प्रणलीमार्फत आवेदन दिन सकिने जनाएको भने उक्त समयमा सम्पूर्ण इकाईको लागि आवेदन नपरेमा माघ २६ गतेसम्म समय थप गरिनेछ ।
उक्त योजना व्यवस्थापकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।