Connect IPS
IME Life

नेपाल इन्भेष्टमेन्ट बैंकले माघ १६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, व्याजदर कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ १६ गतेदेखि ऋणपत्र निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रति ऋणपत्र एक हजार अंकित मूल्यका ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

कुल ऋणपत्रमध्ये २ अर्ब ४० करोड बराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी रहेको १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा विक्री गर्न लागेको हो ।

Prabhu
Crest

८ दशमलव ५ प्रतिशत व्याजदरको उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । ऋणपत्र विक्री बन्द हुने मिति छिटोमा माघ २० गते र ढिलोमा माघ ३० गतेसम्म रहेको छ ।

कम्पनीले निष्काशन गर्न लागेको उक्त ऋणपत्रलाई इक्रा नेपाले इक्राएनपी आईआर सिङ्गल ए रेटिङ प्रदान गरेको छ । ऋणपत्रको निष्कासन तथा विक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागित बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS