IME Life
GBIME

एनआईसी एशिया बैंकको बोनस शेयर शेयरधनीको हितग्राही खातामा

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको छ । बैंकको मंसिर २१ गते, सम्पन्न भएको २३औं वार्षिक साधारण सभाले पारित गरेको १९ प्रतिशत बोनस शेयर बुक क्लोज हुनुभन्दा अघिल्लो दिन अर्थात् मंसिर ९ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको बैंकले जनाएको छ ।

बैंकले हालसम्म आफ्नो शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नो बोनस प्राप्त गर्नका लागि आग्रह गरेको छ ।

Crest

आफ्नो शेयर धितो राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने बैंकले जनाएको छ । बैंकको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS