काठमाडौं । हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुमा १ हजार ९ सय १९ शाखा कार्यालयहरु संचालनमा रहेका छन् ।बीमा समितिले उपल्ब्ध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले १ हजार ९ सय १९ वटा शाखा कार्यालयहरु मार्फत बीमीतहरुलाई बीमा सेवा प्रदान गर्दै आएका छन् ।
पछिल्लो समय बीमा कम्पनीहरुले शाखा तथा उप शाखा कार्यालयहरु विस्तार गर्दै आएका छन् । बीमा व्यवसाय विस्तार, बीमाप्रति जनमानसको चासोका साथै बीमा पहुँचमा पनि विस्तार भएकाले बीमा कम्पनीहरुको शाखा तथा उप शाखा कार्यालय पनि विस्तार हुँदै आएका हुन् ।
बीमा समितिको तथ्याङ्क अनुसार नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै शाखा रहेको छ । हालसम्म नेपाल लाइफको शाखा कार्यालय सङख्या १ सय ९६ रहेको छ । त्यस्तै, दोस्रोमा यूनियन लाइफ इन्स्योरेन्स रहेको छ । हालसम्म यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय सङख्या १ सय ७८ रहेको छ ।
त्यसैगरी प्राइम लाइफ इन्स्योरेन्सको १ सय ५५, एशियन लाइफ इन्स्योरेन्सको १ सय ४२, ज्योति लाइफ इन्स्योरेन्सको १ सय १८, सिटिजन लाइफ इन्स्योरेन्सको १ सय १४, नेशनल लाइफ इन्स्योरेन्सको १ सय ३, आइएमई लाइफ इन्स्योरेन्सको १ सय ३, रिलायन्स लाइफ इन्स्योरेन्सको ९७, सानिमा लाइफ इन्स्योरेन्सको ९६ र सूर्या लाइफ इन्स्योरेन्सको ९३ वटा शाखा कार्यालयहरु संचालनमा रहेका छन् ।
प्रभु लाइफ इन्स्योरेन्सको ९०, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ८४, रिलायबल नोपाल लाइफ इन्स्योरेन्सको ८२, गुराँस लाइफ इन्स्योरेन्सको ७८, सन नेपाल लाइफ इन्स्योरेन्सको ७७, महालक्ष्मी लाइफ इन्स्योरेन्सको ६०, मेट लाइफ इन्स्योरेन्सको ३३ र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान इन्स्योरेन्सको २० वटा शाखा कार्यालयहरु संचालनमा रहेका छन् ।