काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीको पुस २७ गते सोमबार सम्पन्न भएको तेर्हौँ वार्षिक साधारण सभाले पारित गरेको हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश पुस १६ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको कम्पनीले बताएको छ ।
कम्पनीले हालसम्म आफ्नो शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शेयर अभौतिकिकरण गरी आफ्नो लाभांश प्राप्त गर्नका भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।