काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले पुस १९ गते, आइतबारबाट माघ ४ गतेसम्म बिक्री खुल्ला गरेको ३ वटा कम्पनीको लिलामी शेयरमा परेका बोलपत्रहरू आज खोलिने भएको छ । उक्त बोलपत्रहरू निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौँमा बिहान ११ बजे खोलिने बैंकले जनाएको छ ।
बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडको २२ हजार ३ सय ७० कित्ता, ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको २६ हजार ३ सय कित्ता र युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको ९६ हजार ६ सय ४९ कित्ता संस्थापक समूहको शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।