Connect IPS
IME Life

सबैभन्दा ठूलो आईपीओ बिक्रीमा ल्याएको पुर्वाधार बिकास बैंकमा कसको छ धेरै लगानी ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । नेपालको सेयर बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो प्राथमिक सेयर ( आईपीओ) बिक्रीमा ल्याएको नेपाल पुर्वाधार बिकास बैंक (NIFRA) को संस्थापक सेयरमा लगानी गर्नेहरुको विवरण हेरेर पनि यसको भबिष्यबारे धेरै विचार गर्न सकिने अबस्था देखिएको छ ।

हाल १२ अर्ब चुक्ता पूँजी रहेको पुर्वाधार बिकास बैंकमा नेपाल सरकार अर्थ मन्त्रालयले दुई करोड कित्ता स्वामित्व ग्रहण गरेको छ भने बाँकी १० करोड कित्ता सेयरमा निजी क्षेत्रका बैंक, बीमा कम्पनी र ब्यवसायीहरुको लगानी रहेको उसले जारी गरेको विवरणपत्रमा उल्लेख छ । यसका सेयरधनीहरुमा सरकारपछि नेपाल लाईफ ईन्स्योरेन्सको सबैभन्दा धेरै हिस्सा छ । उसले एक करोड ७९ लाख कित्ता सेयर धारण गरेको छ । त्यसपछि ग्लोबल आईएमई बैंकको हिस्सा एक करोड ९ लाख कित्ता रहेको देखाईएको छ । नेपाल ईन्भेष्टमेन्ट बैंक र एनआईसी एशिया बैंकले एक, एक करोड कित्ता हिस्सेदारी कायम गरेका छन् भने पाँचौ नम्बरमा प्रभु बैंकको ९८ लाख ३३ हजार कित्ता रहेको देखाईएको छ । त्यसपछि लाईफ ईन्स्योरेन्स कर्पोरेशन नेपालको ८४ लाख कित्ता छ भने नेपाल पुनर्बिमा कम्पनीको ४९ लाख ४२ हजार कित्ता स्वामित्व छ । त्यसपछि एशियन लाईफ ईन्स्योरेन्सको ३५ लाख, गैर आवासीय नेपालीहरुको कम्पनी ईमर्जिड. नेपालको २५ लाख, विशाल ग्रुप सम्बद्ध नितेश अग्रवालको २४ लाख २५ हजार, विशाल ग्रुपको १५ लाख र गैरआवासीय नेपाली जिवा लामिछानेको १२ लाख ५० हजार कित्ता स्वामित्व देखाईएको छ ।

Prabhu
Crest

हेर्नुहोस् विवरण पत्रको यो तस्वीरः

वर्तमान अवस्थाको हिस्सेदारी हेर्दा कम्पनीमा सरकारपछि विशाल ग्रुप र उसम्बद्ध कम्पनीहरुको पल्लाभारी स्पष्ट देखिन्छ । त्यही पकड कायम गरेकै आधारमा पनि हुनसक्छ, कम्पनीका अध्यक्षमा विशाल ग्रुपका अनुज अग्रवाल अध्यक्ष छन् ।
कम्पनीको स्वामित्व ग्रहणको अबस्था हेर्दा यसले आगामी दिनमा राम्रो प्रतिफल दिने गरी देशको पुर्वाधार निर्माणमा गतिलो लगानी गर्ने संभावना ब्यापक देखिन्छ किनभने कम्पनीलाई अगाडि बढाउने भनेकै संस्थापकहरुले हो । निजी क्षेत्रका प्रतिष्ठित कम्पनी र ब्यवसायिक घरानाहरुको पकडले कम्पनीमा लगानी गर्नेहरुलाई आशावादी बनाउँछ ।

ईक्रा नेपालबाट त्रिपल बी रेटिड. पाएको कम्पनीमा जोखिमको अबस्था मध्यम खालको छ । संचालनको तीन बर्ष पुरा गरेको कम्पनीको जगेडा कोषमा एक अर्ब ६३ करोड रहेको छ, जसमा एक अर्ब १२ करोड संचित मुनाफा छ । उसले गत बर्षको असारसम्ममा ८४ करोड खुद नाफा गरी प्रति सेयर आम्दानी ७ रुपैयाँ ६ पैसा कायम गरेको छ । उसको प्रतिसेयर नेटवर्थ एक सय १३ रुपैैयाँ छ ।

दीर्घकालीन रुपमा पुर्वाधारमा लगानी गर्ने हुँदा यसले तत्कालै धेरै लाभांश देला भनी आश गर्नु भने बेकार छ तर दीर्घकालका लागि राम्रो हो । आईपीओ बिक्रीबाट संकलित आठ अर्ब रकमलाई उसले आधा कर्जा चुक्ता गर्न र बाँकी आयोजनाहरुमा लगानी गर्न उपभोय गर्ने भएको छ ।
कम्पनीमा महत्वपूर्ण र रणनीतिक हिस्सेदारी कायम गरेको विशाल ग्रुप सेयर बजारको समेत नामुद खेलाडी भएकाले नेपाल पुर्वाधार बिकास बैंकको सेयरले दोस्रो बजारमा कस्तो परिणाम दिन्छ भन्ने कुरा चासोका साथ हेरिएको छ । न्युनतम ११३ देखि तीन सय ३९ रुपैयाँ बीचको रेन्जमा यसको पहिलो सेयर कारोबार हुनसक्ने संभावना हुन्छ ।
मंगलबारसम्म आईपीओ भर्ने समय रहेकाले यसमा ८० कित्तासम्म सेयर पर्नसक्ने देखिदा प्रत्येक आबेदकले १०० कित्तासम्म सेयर माग गर्नु मनाशिव नै हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS