Connect IPS
IME Life

४ कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले पुस १७ गते, सोमबारबाट बिक्री खुल्ला गरेको ४ वटा कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख ८९ हजार ६ सय ६४ कित्ता, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख २८ हजार ७ सय ९० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख २ हजार ८ सय ६६ कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।

Prabhu
Crest

लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS