Connect IPS
IME Life

सिद्धार्थ बैंकद्वारा सामुदायिक पुस्तकालय भवन निर्माणका लागि आर्थिक सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको टोखा स्थित फ्रेण्डशिप फाउन्डेशन नेपाललाई आईतबार, सामाजिक उत्तरदायित्व अन्र्तगत दुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालज्यूले फ्रेण्डशिप फाउन्डेशन नेपालका अध्यक्ष प्रकाश बाबु पौडेलज्यूलाई हस्तान्तरण गरेको हो ।

बैंकबाट प्राप्त सो रकम फ्रेण्डशिप फाउन्डेशन नेपालले गण्डकी प्रदेशको गोरखा सिरानचोक गाँउपालिका वडा नं। १, केराबारी स्थित शिला रेग्मी ९आत्रेय० सामुदायिक पुस्तकालयको भवन निर्माण गर्नका लागि उपयोग गर्नेछ । विभिन्न सामाजिक परियोजनाका कार्यमा कार्यरत हँुदै आएकोे उक्त फाउन्डेशनलाई बैंकले प्रदान गरेको सो रकम सहयोगबाट त्यस क्षेत्रमा अध्ययनका लागि पुर्वाधारको निर्माण हुने र आवश्यक अध्ययन सामग्रीको लागि सजिलो पहुँच पुग्ने विश्वास बैंकको रहेको छ ।

Prabhu
Crest

बैंकले हरेक आर्थिक वर्ष आफ्नो खुद नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले वित्तीय साक्षरता, वातावरण, शिक्षा, स्वास्थ्य, दुर्गम र विपन्न वर्ग समुदायको विकास, दैवी प्रकोप व्यवस्थापन, सांस्कृतिक प्रवर्धन, दिगो विकास आदि जस्ता क्षेत्रहरुमा सहभागिता जनाउँदै सकारात्मक परिवर्तनका लागि विभिन्न योगदान पुराउँदै आएको छ र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकले लिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS