काठमाडौं । मल्टिपर्पस फाइनान्सको शेयरमा लिलामी आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयअवधि यसमा आवेदन दिन सकिनेछ ।कम्पनीले पुस १७ गतेबाट संस्थापक समूहको १७ लाख ५९ हजार ६२१ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।
यसमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ ।बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौं र फाइनान्सको केन्द्रीय कार्यालय, राजविराज सप्तरीबाट आवेदन दिन पाइने छ ।