IME Life
GBIME

आन्तरिक राजस्व कार्यालयको कर कुनैपनि बैंकको मोबाईल बैकिङ मार्फत भुक्तानी गर्न सकिने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व आफ्नो मोबाईल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन् । अबदेखि करदाताले एभरेष्ट बैंक मार्फत भुक्तानी हुने कर फोन पे नेटवर्कमा आबद्ध कुनै पनि बैैंकको मोबाईल बैंकिङ मार्फत भुक्तानी गर्न सकिने भएको हो । मोबाईल बैंकिङ मार्फत कर भुक्तानी गर्ने विषयमा एभरेष्ट बैंक र फोन पे पेमेन्ट सर्विस लिमिटेडका बिचमा सम्झौता समेत भएको छ ।

सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट सहायक महाप्रबन्धक आशु्तोष शर्मा र फोन पे का तर्फंबाट प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गरे ।

Crest

करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क मोबाईल बैंकिङबाट सहजै भुक्तानी गर्न सकिनेछ । मोबाईल बैकिङमै यो सेवा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ ।

फोनपेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो । फोनपे नेटवर्कमा ५२ वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने एक लाख ६० हजार बढि मर्चेन्ट रहेका छन् । ११ लाख मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोन पे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस प्रमाणीकरण प्राप्त संस्था हो ।

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS