काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा बैंकले प्रस्तावित २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश गरेर कुल २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै, सभाले कम्पनीको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक पनि निर्वाचित गरेको छ । सभाले आगामी ४ वर्षका लागि कर्ण बहादुर घले र प्रकाश राज विष्टललाई निविरोध निर्वाचित गरेको हो ।