Connect IPS
IME Life

धितोपत्र बजारको पुँजीकरण २७ खर्ब ६३ अर्ब नाघ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच महिनाको देशको आर्थिक अवस्थाको चित्र सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७७ मंसिर मसान्तमा धितोपत्र बजार पुँजीकरण २७ खर्ब ६३ अर्ब ६६ करोड पुगेको छ ।

२०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो ।२०७६ मंसिर मसान्तमा ११५४.१ रहेको नेप्से सूचकाङ्क २०७७ मंसिर मसान्तमा २०६१.४ पुगेको छ । २०७७ असारमसान्तमा यस्तो सूचकाङ्क  १३६२.४ रहेको थियो ।

Prabhu
Crest

२०७७ मंसिरमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमासूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको छ । सूचीकृतकम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमाकम्पनी रहेका छन् भने ३५ जलविद्युत्कम्पनी, १९ उत्पादनतथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्थार ६ अन्य समूहका रहेका छन्। २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७१.१प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.२ प्रतिशत, होटेलको हिस्सा १ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुकोहिस्सा १६.७ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ मंसिरसम्ममा सूचीकृत ५ अर्ब ६१ लाख संख्याको शेयर चुक्ता मूल्य रु.४९१अर्ब २४ करोड रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा रु.१ खर्ब ५० अर्ब बराबरको विकास ऋणपत्र, रु.११ अर्ब ४१ करोड बराबरको साधारण शेयर, रु.५ अर्ब ८० करोड बराबरको बोनस शेयर, रु.७ अर्ब बराबरको डिबेन्चर, रु.२ अर्ब ५० करोड बराबरको हकप्रद शेयर र रु.६५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.१ खर्ब ७७ अर्ब ३७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.५ अर्ब ४ करोड बराबरको डिबेन्चर, रु.२ अर्ब २ करोड बराबरको साधारणशेयर, रु.५३ करोड ३७ लाख बराबरको हकप्रद शेयर र रु.५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल ८ अर्ब १० करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS