Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकले सार्बजनिक गर्यो पाँच महिनाको आर्थिक विवरण, यस्तो छ वित्तीय अवस्था

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७ /७८ को पाँच महिनाको आर्थिक विवरण सार्बजनिक गरेको छ । राष्ट्र बैंकले मंसिर मसान्तसम्मको आर्थिक विवरण सार्बजनिक गरेको हो ।

राष्ट्र बैंकले प्रकाशन गरेको उक्त विवरण अनुसार देशको शोधनान्तर स्थिती १ खर्ब ६ अर्ब ४८ करोड बचतमा पुगेको छ । अघिल्लो वर्षको मंसिरसम्ममा मुलुकको शोधान्तर स्थिती २३ अर्ब ३० करोड बचतमा थियो । चालु आर्थिक चौथो महिनमा १ खर्ब १० अर्ब ६५ करोड बचतमा रहेको शोधनान्तर बचतमा सामान्य गिरावट आएको हो । जुन गत कात्तिकको भन्दा ४ अर्बले कम हो।

Prabhu
Crest

चालु आर्थिक वर्षको मंसिर महिनामा चालु खाता २१ अर्ब ३२ करोडले घाटामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता ६५ अर्ब १३ करोड रुपौयँले घाटामा रहेको थियो ।

चालु आर्थिक वर्षको ५ महिना अर्थात मंसिर मसान्तसम्ममा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि वृद्धि भई ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको छ । जुन अघिल्लो महिनाको भन्दा ७९ अर्ब बढी हो । गत कात्तिकसम्म ३ खर्ब ३७ अर्ब ७२ करोड रेमिट्यान्स भित्रिएको थियो ।

https://www.nrb.org.np/contents/uploads/2021/01/Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Five-Months-data-2020.21.pdf

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS