काठमाडौं । लक्ष्मी बैंकमा दुई जना संचालक निर्वाचित भएका छन् ।सर्वसाधारण शेयरधनीको तर्फबाट विश्व करण जैन र स्वाति रुङ्गटा पुन : निर्वाचित भएका हुन् ।
बैंकको पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट दुई जना संचालक निर्वाचित भएका हुन् । सो सभाले संस्थापक शेयरधनीको तर्फबाट डा. मनिष थापालाई नियुक्त गरेको छ ।