काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ४ दशमलव ८४५ प्रतिशत बोनस शेयर र ० दशमलव २५५ नगद (कर प्रयोजनका लागि) गरि कुल ५ दशमलव १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।