काठमाडौं । आज शेयर बजार नेप्से २८ दशमलव ३१ अंकले बढेर २,२६७ दशमलव ७३ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै जीवन बीमा समुह २ दशमलव ६७ प्रतिशतले बढेको छ । त्यस्तै आज निर्जिवन बीमा समुह २ दशमलव ६५ प्रतिशतले बृद्धि भएको छ ।
आज दिनभरिमा २ सय २ वटा कम्पनीको १ करोड ३५ लाख ३१ हजार २ सय २७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार रुपैयाँको शेयर करोबार भएको छ । आज सबैभन्दा धेरै प्रिमियर इन्स्योरेन्सको २९ करोड ६ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।
त्यस्तै, प्रभु बैंकको १६ करोडमाथिको शेयर करोबार भएको छ । अपर तामाकोशीको १५ करोड ७१ लाख रुपैयाँको, नेपाल लाइफको १५ करोडमाथितको शेयर करोबार भएको छ । नेशनल लाइफको र सिभिल बैंकको १४ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन भने सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सका लगानीकताले ३ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।