काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले ३ लाख ४२ हजार ३ सय एक कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । फाइनान्स कम्पनीले एक सूचना जारी गर्दै यस्तो जनाएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम फाइनान्सका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकासित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन आग्रह गरेको छ ।