काठमाडौं । चन्द्रागिरि हिल्सले जनताबाट अठार करोड चालीस लाख एकानब्बे हजार रुपैयाँको पुँजी कम्पनीमा भित्राएको छ। जसमध्ये ३ करोड ६ लाख बराबरको आयोजना प्रभावित स्थानीयलाई बाँडफाँट गरिएको छ भने १५ करोड ३४ लाख बराबरको साधारण शेयर निस्काशन गरिएको छ।
कम्पनीले दिएको जानकारी अनुसार कम्पनीले सो रकम बैंकको कर्जा रकम भुक्तानी गर्न प्रयोग गर्ने छ ।
पुष २४ गते बाट चन्द्रागिरि हिल्स लिमिटेडले प्रति कित्ता अंकित मूल्य रु.१०० दरका १५,३४,०९१ कित्ता शेयर मध्ये ६१,३६४ कित्ता अर्थात ४ प्रतिशत शेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र ७६,७०५ कित्ता अर्थात ५ प्रतिशत शेयर सामुहिक लगानी कोषहरुमा बाडँफाँट गरी बाँकी रहने १३,९६,०२२ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरिएको छ ।