IME Life
GBIME

बल्ल २०० नाघ्यो प्रभु लाईफको शेयर मूल्य, सर्किट लागेर बृद्धि हुँदै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य आजबाट २०० नाघेको छ । शेयर कारोबार सुरु भएको एक सातापछि कम्पनीको शेयर २०९ पुगेको हो ।

अधिकतम् शेयर मूल्य ३२८ रुपैयाँ तोकिएको भएपनि म्याचिङ् हुँदा १३७ रुपैयाँमा कारोबार भएकोले शेयर मूल्यमा चलखेल भएको आरोप लाग्दै आएको छ । शेयर खरिदकर्ताहरु करोडौं रुपैयाँको शेयर खरिद गर्न तयार भएपनि मूल्य निकै तल भएकोले बिक्रेता हुने गरेका छैनन् ।

Crest

प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य अहिले दैनिक सर्किट लागेर बृद्धि भइरहेको छ । गत बिहिबार प्रतिकित्ता १९३ भन्दा तल रहेको शेयर मूल्य आज बृद्धि भई २०९ पुगेको हो । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको शेयरमा सर्किट लाग्नु अघि ६० कित्ता शेयर बिक्री भएको छ भने सर्किटभिै थप ६० कित्ता गरी कूल १२० कित्ता शेयर बिक्री भएको छ ।

प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको शेयरमा सर्किट लाग्दै बृद्धि भएनपनि अझै जनताले चाहेको मूल्य नआएका कारण खुला बिक्री पवितरण भइसकेको छैन । प्रभु लाईफ इन्स्योरेन्सको शेयरको औषत मूल्य ५०० भन्दा माथि रहने अनुमान गरिएको छ ।

अहिलेको अवस्था हेर्दा यो साता पनि प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको शेयरको स्वतन्त्र कारोबार हुनेमा आशंका उत्पन्न भएको छ । दैनिक १० प्रतिशतको दरले बृद्धि हुँदा पाँच दिनमा ६० प्रतिशत मात्रै बृद्धि हुँदा बिहिवारसम्ममा ३०० पुग्ने अनुमान गरिएको छ ।

हेरौं आजको फ्लोर सिट

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS