काठमाडौं । नेरुडे लघुवित्तले गत आर्थिक वर्ष ०७६/७७ को नाफाबाट कुल ८ दशमलव ४२ प्रतिशत लाभांश दिने भएको छ ।
लघुवित्तको पुस २४ गतेको सम्पन्न सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्ने निर्णय गरेको हो ।