Connect IPS
IME Life

मुक्तिनाथ विकास बैंकको लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले कोरोना महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट  सेयरधनीहरुलाई सहभागिता गराएको थियो।

सभाले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ४ दशमलव २५७४ प्रतिशत नगद लाभांस र ११ दशमलव २५ बोनस सेयर सहित १५ दशमलव ५०७४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको हो।

Prabhu
Crest

त्यस्तै सभाले आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पनि पारित गरेको छ ।

सभामा संचालक समितिका अध्यक्ष भरतराज ढकालले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए । प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरुबाट प्राप्त सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS