काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोलि शनिवार बैंक तथा वित्तीय संस्थाका सम्पुर्ण राजस्व संकलन गर्ने शाखा तथा काउन्टरहरु खुल्ला राख्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको हो ।
नेपाल राष्ट्र बैंकले राजस्व (कर) संकलन गर्ने प्रयोजनका लागि भोलि पुस २५ गते, शनिबार नेपाल राष्ट्र बैंक लगायत क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको राजस्व कारोबार गर्ने सम्पूर्ण शाखा काउन्टरहरू र नेपाल क्लियरिङ हाउसलाई पूर्णकालीन रुपमा खुल्ला राख्न आग्रह गरेको हो ।