काठमाडौंं । नेपाल राष्ट्र बैंकबाट रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटिजिएस) मा आजदेखि थप आठ वटा विकास बैंक र दुई वटा वित्त कम्पनीसमेत आरटिजिएसमा आवद्ध भएका छन् । यसअघि २७ वटा वाणिज्य बैंकहरु आबद्ध थिए ।
राष्ट्र बैंकका अनुसार ज्योति विकास बैंक, सांग्रिला डेभलपमेण्ट बैंक, महालक्ष्मी विकास बैंक,साइन रेसुङ्गा डेभलपमेण्ट बैंक, मुक्तिनाथ विकास बैंक, लुम्बिनि विकास बैंक, कामना सेवा विकास बैंक, आइसिएफसि फाइनान्स,गरिमा विकास बैंक र मञ्जुश्री फाइनान्स आवद्ध भएका हुन् ।