काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक फेरिएको छ । यसअघि प्रतिनिधित्व गर्दै आएका रमेश लम्सालको ठाउँमा अर्थमन्त्रालयले सुखचन्द्र झालाई नियुक्त गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले यही पुस २२ गतेको मितिमा नेपाल पुनर्बीमा कम्पनीमा सञ्चालक परिवर्तन गर्ने फाईलमा हस्ताक्षर गरेका छन् ।
नेपाल पुनर्बीमा कम्पनीका अनुसार यही पुस २२ गतेदेखि सञ्चालकको रुपमा सुखचन्द्र झालाई नियुक्त गरिएको छ । नयाँ सञ्चालकमा नियुक्त भएका झा जनकपुर निवासी हुन् । अर्थमन्त्रालयको पत्र अनुसार यसअघि सञ्चालकमा नियुक्त भएका रमेश लम्साललाई अवकास दिइएको नेपाल पुनर्बीमा कम्पनीले जनाएको छ ।